नेकपा स्थायी कमिटी बैठक असार १० गतेका लागि बोलाइयो, एमसीसी मुख्य एजेण्डा « Khabarhub

नेकपा स्थायी कमिटी बैठक असार १० गतेका लागि बोलाइयो, एमसीसी मुख्य एजेण्डा


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनिश्चतकालका लागि स्थगित भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति भएको हो ।

असार १० गते बस्ने बैठकमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि ओली र दाहालबीच बैठक कहिले बोलाउने भन्नेमा छलफल भए पनि मिति तय भएको थिएन ।

एमसीसीलाई लिएर नेकपामा विवाद छ । स्थायी कमिटीको चौथो बैठकमा एमसीसीबारे विवाद भएपछि केन्द्रीय कमिटी बैठकले अध्ययन कार्यदल बनाएको थियो ।

झलनाथ खनाल संयोजक, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलले फागुनको दोस्रो साता नै प्रतिवेदन बुझाइसकेको छ । कार्यदललको प्रतिवेदनमाथि छलफल हुनेभने पाएको छैन ।

एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्‌बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ ।

यसअघि वैशाख २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

नेकपाका २० स्थायी कमिटी सदस्यले वैशाख १० मै पार्टी अध्यक्षद्वयलाई पत्र लेखेर बैठक बोलाउन लिखित माग गरेका थिए ।

नेकपाको विधानअनुसार तीन महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था भए पनि करिब ६ महिनादेखि बैठक बस्न सकेको छैन ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : २६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु