तनहुँसहित ४ जिल्लामा थप ४२ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित संख्या २८९ पुग्यो « Khabarhub

तनहुँसहित ४ जिल्लामा थप ४२ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित संख्या २८९ पुग्यो


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।

गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्ब ), तनहुँ, मनाङ र गोरखामा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमित संख्या २८९ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहीबार बिहान निकालेको बिज्ञप्ति अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्ब ) १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपरासीका १८ जनामध्ये १५ जना मध्यबिन्दु नगरपालिकाका १९ देखि ४३ वर्ष उमेर समुहका पुरूष छन् भने १ जना गैँडाकोट नगरपालिका छन् । मध्यपुरबिन्दुकै २ जनाको उमेर खुलेको छैन ।

यस्तै तनहुँका १२ जनामध्ये ऋषिङ गाउँपालिकाका ७, शुक्ला गण्डकीका १ र भानु नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू सबै पुरूष हुन् ।

यस्तै मनाङको चामे गाउँपालिकामा कार्यरत कपिलस्तुका ५७ वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

गोरखाको पालुङटारका ६ पुरूष र १ महिला तथा शहीद लखन गाउँपालिकाका ४ पुरूषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : ५६ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी