पोखरामा छुट्टै महिला क्वारेन्टिन « Khabarhub

पोखरामा छुट्टै महिला क्वारेन्टिन


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो ।

लामो समयसम्म सञ्चालनमा नरहेको सो अस्पताललाई क्वारेन्टिनको लागि प्रयोगमा ल्याउन खोजिएको हो । सो अस्पतालमा ५० जना राख्न सक्ने क्षमता रहेको छ ।

वडा नं ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु, महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइरालासहितको टोलीले उक्त अस्पताल निरीक्षण गरेका थिए ।

क्वारेन्टिन लागि उपयुक्त रहेको निष्कर्षसहित उपप्रमुख गुरुङले २० जनाका लागि श्यया तयार गर्न निर्देशन दिए ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित २० जना राख्न सकिने गरी आवश्यक व्यवस्था भएको उनले जानकारी दिए। उनले भने, “भारतबाट आठ महिला पोखरा आउँदै हुनुहुन्छ, उहाँहरुलाई राख्नुपर्छ ।” महिलालाई सुरक्षित वातावरण खाँचो औँल्याउँदै उक्त प्रबन्धसहित क्वारेन्टिन बनाइने उनको भनाइ थियो ।

उनका अनुसार क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत महिला राखिने छ । परिवारसहित आउनेलाई अन्य क्वारेन्टिनमा राख्न सकिने छ भने एक्लाएक्लै आउने महिलालाई छुट्टै राख्ने व्यवस्था गरिएको हो । भारतलगायत अन्य देशबाट आउने महिलालाई नदीपुरमा राखिने छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  २ : ०० बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि