पोखरामा छुट्टै महिला क्वारेन्टिन « Khabarhub

पोखरामा छुट्टै महिला क्वारेन्टिन


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो ।

लामो समयसम्म सञ्चालनमा नरहेको सो अस्पताललाई क्वारेन्टिनको लागि प्रयोगमा ल्याउन खोजिएको हो । सो अस्पतालमा ५० जना राख्न सक्ने क्षमता रहेको छ ।

वडा नं ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु, महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइरालासहितको टोलीले उक्त अस्पताल निरीक्षण गरेका थिए ।

क्वारेन्टिन लागि उपयुक्त रहेको निष्कर्षसहित उपप्रमुख गुरुङले २० जनाका लागि श्यया तयार गर्न निर्देशन दिए ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित २० जना राख्न सकिने गरी आवश्यक व्यवस्था भएको उनले जानकारी दिए। उनले भने, “भारतबाट आठ महिला पोखरा आउँदै हुनुहुन्छ, उहाँहरुलाई राख्नुपर्छ ।” महिलालाई सुरक्षित वातावरण खाँचो औँल्याउँदै उक्त प्रबन्धसहित क्वारेन्टिन बनाइने उनको भनाइ थियो ।

उनका अनुसार क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत महिला राखिने छ । परिवारसहित आउनेलाई अन्य क्वारेन्टिनमा राख्न सकिने छ भने एक्लाएक्लै आउने महिलालाई छुट्टै राख्ने व्यवस्था गरिएको हो । भारतलगायत अन्य देशबाट आउने महिलालाई नदीपुरमा राखिने छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  २ : ०० बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।