कोरोना उपचारको खर्च विवरण संसदमा पेस हुन्छ : प्रधानमन्त्री « Khabarhub

कोरोना उपचारको खर्च विवरण संसदमा पेस हुन्छ : प्रधानमन्त्री


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाको उपचारमा भएको खर्चको विवरण संसदमै पेश हुने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमाथि राष्ट्रियसभामा उठेका विषयमाथि जवाफ दिदै प्रधानमन्त्री ओलीले सरकारी खर्चको अनुगमन गर्न आन्तरिक लेखापरीक्षण र महालेखापरिक्षकको व्यवस्था रहेको र उनीहरुको वार्षिक प्रतिवेदन संसदमा पेश हुने बताए ।

उनले १० अर्बको हिसाब मागिएकोप्रति असन्तुष्टि जनाउँदै भने,‘ १० खर्ब खै ? भनेर हिसाबकिताव मागिरहेका छन् । मान्छे काममा लागेका छन्, यहाँ कसैलाई खर्चको हिसाब चाहिएको छ । परिस्थतीप्रतिको गम्भिरता छैन, पैसाको हिसाबकिताव चाहिएको छ ।’

आफुबाहेक सबै भ्रष्ट हुन्छन भन्ने मनोविज्ञानबाट टाढा रहनुपर्ने भन्दै उनले भने,‘मबाहेक अरु सबै भ्रष्ट भन्ने र यो देशमा भ्रष्टबाहेक अरु कोही जन्मेका छैनन् वा सरकारमा बसेकालाई जसरी पनि बदनाम गर्नुपर्छ भनेर नियत पनि राख्न भएन । मैले पहिलादेखि नै भनेको छु, मैले भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न । हिसाकिताव हेर्ने निकाय छन् उनीहरुले हेर्छन् । सबै नेपाली क्वारेन्टाइनमा भ्रष्टाचार भयो कि भएन भनेर हेर्न जाने ? सामान किन किनिएन भन्ने अनि छिटो बाटोबाट किन्दा मिलिभगत गर्ने भन्ने ?’

कोरोना महामारीका बेला समेत भ्रष्टाचार कसैले गरेको पाइए कानूनअनुसार कारबाही गर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  २ : ५६ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त