कोरोना उपचारको खर्च विवरण संसदमा पेस हुन्छ : प्रधानमन्त्री « Khabarhub

कोरोना उपचारको खर्च विवरण संसदमा पेस हुन्छ : प्रधानमन्त्री


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाको उपचारमा भएको खर्चको विवरण संसदमै पेश हुने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमाथि राष्ट्रियसभामा उठेका विषयमाथि जवाफ दिदै प्रधानमन्त्री ओलीले सरकारी खर्चको अनुगमन गर्न आन्तरिक लेखापरीक्षण र महालेखापरिक्षकको व्यवस्था रहेको र उनीहरुको वार्षिक प्रतिवेदन संसदमा पेश हुने बताए ।

उनले १० अर्बको हिसाब मागिएकोप्रति असन्तुष्टि जनाउँदै भने,‘ १० खर्ब खै ? भनेर हिसाबकिताव मागिरहेका छन् । मान्छे काममा लागेका छन्, यहाँ कसैलाई खर्चको हिसाब चाहिएको छ । परिस्थतीप्रतिको गम्भिरता छैन, पैसाको हिसाबकिताव चाहिएको छ ।’

आफुबाहेक सबै भ्रष्ट हुन्छन भन्ने मनोविज्ञानबाट टाढा रहनुपर्ने भन्दै उनले भने,‘मबाहेक अरु सबै भ्रष्ट भन्ने र यो देशमा भ्रष्टबाहेक अरु कोही जन्मेका छैनन् वा सरकारमा बसेकालाई जसरी पनि बदनाम गर्नुपर्छ भनेर नियत पनि राख्न भएन । मैले पहिलादेखि नै भनेको छु, मैले भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न । हिसाकिताव हेर्ने निकाय छन् उनीहरुले हेर्छन् । सबै नेपाली क्वारेन्टाइनमा भ्रष्टाचार भयो कि भएन भनेर हेर्न जाने ? सामान किन किनिएन भन्ने अनि छिटो बाटोबाट किन्दा मिलिभगत गर्ने भन्ने ?’

कोरोना महामारीका बेला समेत भ्रष्टाचार कसैले गरेको पाइए कानूनअनुसार कारबाही गर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  २ : ५६ बजे

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५