नेपालीको प्रतिरोधी क्षमता राम्रो छ त्यसकारण कोरोनाबाट कम मृत्यु – प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

नेपालीको प्रतिरोधी क्षमता राम्रो छ त्यसकारण कोरोनाबाट कम मृत्यु – प्रधानमन्त्री ओली


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोध क्षमता राम्रो भएको आफ्नो जिकर फेरि दोहोर्‍याका छन् । बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले रोग प्रतिरोध क्षमता राम्रो भएकैले नेपालमा कोरोना भाइरस संक्रमणबाट कम मृत्यु भएको बताए ।

प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको र अधिकांशको मृत्यु कोरोनाकै कारण मात्र नभएको जिकिर गरे । प्रधानमन्त्रीले नेपालीको प्रतिरोध क्षमता राम्रो भएकाले नेपालमा कम मृत्यु भएको दाबी गरे ।

केही दिनअघि प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र यसअन्तर्गतका निकायहरूको बजेटसम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालीको आहारविहार र हिमालबाट ठोक्किएर आएको हावाका कारण नेपालीको रोग प्रतिरोध क्षमता राम्रो भएको जिकिर गरेका थिए ।

प्रधानमन्त्री ओलीको यस्तो जिकिरको विज्ञहरूले आलोचना गर्दै आएका छन् । प्रधानमन्त्रीले भनेको जस्तो प्रमाणित तथ्य नरहेको उनीहरूको भनाइ छ ।

राष्ट्रियसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि कोरोनाकै कारण मृत्यु भएको मान्नुपर्ने डब्ल्युएचओको मापदण्डले नेपालमा मृतक बढेको जस्तो भएको जिकिर गरे ।

कोरोनाका कारण मानिसलाई मानसिक र आर्थिक तनाव पनि थपिएको बताउँदै उनले आफू पनि आर्थिक समस्या झेलेर आएकाले गिटी कुट्नेको समस्यासमेत बुझेको बताए ।

‘अहिलेको प्रधानमन्त्रीले शहर पनि देखेको छ गाउँ पनि देखेको छ सुगम पनि देखेको छ दुर्गम पनि देखेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ गिटी कुट्ने, भारी बोक्नेका समस्याहरूदेखि दैनिक रोजगारी गरेर गुजारा गर्नुपर्नेका समस्या पनि अहिलेको प्रधानमन्त्रीले बुझेको छ ।’

त्यसैकारण सरकारले कोभिड – १९ आउनुभन्दा अगाडिदेखि नै ‘नेपालमा कोही भोकै पर्दैन भोकले मर्न पर्दैन’ भन्ने नारा दिएको उनले बताए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  २ : ५८ बजे

मिश्रकी बौद्धिक रानी क्लियोपेत्रा, भाइलाई पति नमान्दा सत्ताच्यूत !

एकथरि भन्छन्- परम सुन्दरी नारी कि मूर्ख, कि त घमण्डी

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

पक्की पुल बनेपछि आवागमनमा सहज

म्याग्दी– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि

भोजपुरको कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

भोजपुर– भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको

आईपिएल : दुई विस्फोटक टिमको उपाधि भिडन्त

इन्डियन प्रिमियर लिग (आईपिएल) इतिहासका १० वटा धेरै योगफलका खेलमध्ये