नेपालीको प्रतिरोधी क्षमता राम्रो छ त्यसकारण कोरोनाबाट कम मृत्यु – प्रधानमन्त्री ओली « Khabarhub

नेपालीको प्रतिरोधी क्षमता राम्रो छ त्यसकारण कोरोनाबाट कम मृत्यु – प्रधानमन्त्री ओली


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोध क्षमता राम्रो भएको आफ्नो जिकर फेरि दोहोर्‍याका छन् । बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले रोग प्रतिरोध क्षमता राम्रो भएकैले नेपालमा कोरोना भाइरस संक्रमणबाट कम मृत्यु भएको बताए ।

प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको र अधिकांशको मृत्यु कोरोनाकै कारण मात्र नभएको जिकिर गरे । प्रधानमन्त्रीले नेपालीको प्रतिरोध क्षमता राम्रो भएकाले नेपालमा कम मृत्यु भएको दाबी गरे ।

केही दिनअघि प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र यसअन्तर्गतका निकायहरूको बजेटसम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालीको आहारविहार र हिमालबाट ठोक्किएर आएको हावाका कारण नेपालीको रोग प्रतिरोध क्षमता राम्रो भएको जिकिर गरेका थिए ।

प्रधानमन्त्री ओलीको यस्तो जिकिरको विज्ञहरूले आलोचना गर्दै आएका छन् । प्रधानमन्त्रीले भनेको जस्तो प्रमाणित तथ्य नरहेको उनीहरूको भनाइ छ ।

राष्ट्रियसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि कोरोनाकै कारण मृत्यु भएको मान्नुपर्ने डब्ल्युएचओको मापदण्डले नेपालमा मृतक बढेको जस्तो भएको जिकिर गरे ।

कोरोनाका कारण मानिसलाई मानसिक र आर्थिक तनाव पनि थपिएको बताउँदै उनले आफू पनि आर्थिक समस्या झेलेर आएकाले गिटी कुट्नेको समस्यासमेत बुझेको बताए ।

‘अहिलेको प्रधानमन्त्रीले शहर पनि देखेको छ गाउँ पनि देखेको छ सुगम पनि देखेको छ दुर्गम पनि देखेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ गिटी कुट्ने, भारी बोक्नेका समस्याहरूदेखि दैनिक रोजगारी गरेर गुजारा गर्नुपर्नेका समस्या पनि अहिलेको प्रधानमन्त्रीले बुझेको छ ।’

त्यसैकारण सरकारले कोभिड – १९ आउनुभन्दा अगाडिदेखि नै ‘नेपालमा कोही भोकै पर्दैन भोकले मर्न पर्दैन’ भन्ने नारा दिएको उनले बताए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  २ : ५८ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको