बाढीले क्षति पुर्‍याएपछि गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध | Khabarhub Khabarhub

बाढीले क्षति पुर्‍याएपछि गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको पालुङटार नगरपालिका–५ र तनहुँको भानु नगरपालिका–३ जोड्ने मस्याङ्दी नदीको पुललाई गएराति बाढीले क्षति पुर्‍याएपछि आवत जावत अवरुद्ध भएको छ ।

तनुहुँबाट तुरतुरे हुँदै गोरखा प्रवेश गर्ने मुख्यनाकाका रूपमा रहेको सो बेलीब्रिज पुलको दायाँबायाँ बाढीले कटान गरेपछि आज बिहानदेखि नै पुलमा सवारी आवागमन रोकिएको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिए ।

बाढीले पुलको तनहुँतर्फको भागमा बढी क्षति पुर्‍याएको उनले बताए । ‘पुलमा सवारी साधन गुड्न सक्ने अवस्था छैन’, उनले भने, ‘तनहुँबाट पालुङटार छिर्ने मुख्यनाकामा नै अवरुद्ध हुँदा मानिसलाई अत्यावश्यक कामका लागि समेत ओहोरदोहोर गर्न अप्ठ्यारो भएको छ ।’

बाढीले पुलको एकतर्फको भागको बाटो नै बगेको स्थानीयवासी अशोक मरहठ्ठाले बताए ।

उनले पुल मर्मत नगर्दासम्म अब सवारी साधन आवातजावत गर्न नसक्ने अवस्था रहेको बताए ।

‘पानीको बहाव बढ्दा पुलको मुख्य बेस नै करिब चार फिट कटान भएको छ’, उनले भने, ‘बाढीले कटान गरेपछि अहिले त मान्छे हिँड्नसमेत जोखिम भएको छ ।’ उक्त बेलीब्रिज पुल करिब १५ वर्षअघि निर्माण भएको हो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ३ : ५० बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ