महिलाका लागि छुट्टै क्वारेन्टिन व्यवस्था गर्न सांसदको माग | Khabarhub Khabarhub

महिलाका लागि छुट्टै क्वारेन्टिन व्यवस्था गर्न सांसदको माग


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा सांसद थममाया थापाले क्वारेन्टिनमा महिला बलात्कृत हुनु अत्यन्त गम्भीर भएको उल्लेख गर्दै महिलाका लागि छुट्टै क्वारन्टिनको व्यवस्था र सुरक्षाका लागि महिला प्रहरी राख्न माग गरेकी हुन् ।

सांसद निरुदेवी पालले क्वारेन्टिनमा महिलामाथि विभिन्न हिंसाका घटना बढेको भन्दै महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गरिन् ।

सांसद पवित्रा खरेल निरौलाले कैलालीको लम्कीमा महिलामाथि भएको घटनाका दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गरिन् ।

सांसद नरमाया ढकालले क्वारेन्टिन यातना गृह जस्तो भएकाले तत्काल क्वारेन्टिनको अवस्था सुधार गर्न माग गरिन् ।

सांसद पार्वता डीसी चौधरीले कैलाली घटनाबारे आपत्ति जनाउँदै क्वारेन्टिनमै असुरक्षित महिला कहाँ सुरक्षित होलान भनी प्रश्न गर्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद पूर्णकुमारी सुवेदीले कैलालीको क्वारेन्टिनमा बिरामी महिलामाथि भएको घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिन् ।

सांसद टेकबहादुर बस्नेतले क्वारेन्टिनलाई व्यवस्थित बनाउँदै स्वास्थ्य सामग्री सिधै जिल्ला र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरे ।

यसैगरी सांसद डा दीपकप्रकाश भट्टले देशव्यापी रुपमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले कोरोना परीक्षणको दायरा बढाउन माग गरे ।  सांसद नारदमुनी रानाले सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको दायरा फराकिलो बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद डिला सङ्ग्रौलाले स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको घटना सेलाउन नपाउँदै खरिपाटी क्वारेन्टिनमा भएको घोटालाका बारेमा जानकारी दिन माग गरेकी थिइन् ।

सांसद प्रमिला राईले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता छानबिन गर्न माग गरिन् । सांसद प्रभु साहले नागरिकता विधेयक दुई वर्षदेखि संसदीय समितिमा थन्किनु पर्ने कारण के हो भनी प्रश्न गरेका थिए ।

सांसद दलबहादुर रानाले यात्रा अनुमतिका लागि पास वितरण गर्दा अनियमिता भइरहेको गुनासो गरे । सांसद दामोदर भण्डारीले परीक्षण किटको अभावले प्रदेश नं २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण प्रभावित भएकाले तत्काल किटलगायत आवश्यक सामग्री उपलब्ध गराउन माग गरे ।

सांसद प्रेम सुुुुवालले क्वारेन्टिनमा राखिनेको पीसीआर परीक्षण नभएको र विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरुप आवश्यक स्वास्थ्य मापदण्ड नअपनाइको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बालकृष्ण खाँडले कोभिडका कारण अन्य क्षेत्रजस्तै हवाई उद्योगलगायत क्षेत्रमा राहतको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

 

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ५ : ४७ बजे

कांग्रेसलाई रास्वपाको प्रश्न : नीलो मफलर नलगाऊ कुन नियमावलीले भन्छ ?

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ नेपाली कांग्रेसलाई

रास्वपाले गृहमन्त्रीलाई भन्यो– रोष्ट्रमबाट धम्क्याउनुको अर्थ के हो ?

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा भण्डारी

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

गलकोट–  निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत

उत्तर कोरिया पुगेका रुसी सुरक्षा परिषदका सचिव शोइगु र सर्वोच्च नेता किमबीच भेटवार्ता

काठमाडौं– रुसी सुरक्षा परिषदका सचिव सर्गेइ शोइगु उत्तर कोरिया भ्रमणमा

सुदूरपश्चिममा संगठन सुदृढ-सक्रिय बनाउन जुट्यो एमाले, खटाइयो लीला र लालबहादुर 

धनगढी– नेकपा एमालेले सुदूरपश्चिमको सिंगो पार्टी संगठनलाई थप सुदृढ र