कर्णालीमा थप १२० जनामा कोरोना पुष्टि, ८६ जना दैलेखका « Khabarhub

कर्णालीमा थप १२० जनामा कोरोना पुष्टि, ८६ जना दैलेखका


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ गरी कूल १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दैलेखको महावु गाउँपालिकामा मात्र पाँच महिलासहित ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उक्त गाउँपालिका–२ मा ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

डा तिवारीका अनुसार गुराँसे गाउपालिकामा पाँच, भैरवी गाउँपालिकामा एक, चामुण्डा बिन्द्रासैनी र दुल्लु नगरपालिकामा दुई/दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी, सुर्खेत पञ्चपुरी नगरपालिकामा १०, चिङ्गाड गाउँपालिकामा आठ, वीरेन्द्रनगर नगरपालिकामा छ, गुर्भाकोट नगरपालिकामा पाँच, बराहताल र चौकुने गाउँपालिकामा दुई-दुई र सिम्ता गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएको उgको भनाइ छ ।

महाशाखा प्रमुख डा तिवारीका अनुसार आज १२० जना कोरोना थपिएसँगै अब कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या एक हजार २२४ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट छ, आइसोलेशन केन्द्र सुर्खेत सालकोटबाट तीन, सिम्ताबाट एक र महाबु आइसोलेशन केन्द्र दैलखबाट एक जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको सङ्ख्या ५०५ पुगेको छ ।

बुधबार सिम्ता गाउँपालिका सुर्खेतका एक महिलाको मृत्युपश्चात कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : ०१ बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको