बम्जनको आश्रममा प्रहरीको छापा, भेटिएनन् बम्जन « Khabarhub

बम्जनको आश्रममा प्रहरीको छापा, भेटिएनन् बम्जन


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई लिटिल बुद्ध भनेर दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले छापा मारेको छ ।

हत्या र बलात्कार अभियोगमा प्रहरीको फरार सूचीमा रहेका बम्जनलाई नियन्त्रणमा लिन प्रहरीले छापा मारेको हो ।

सिआईवी प्रमुख डिआइजी सहकुल थापाका अनुसार, प्रहरीले आश्रममा छापा मारेपनि बम्जनलाई फेला पार्न भने सकेन ।

बम्जन माथि २०७२ मा आश्रममा आएका अनुयायीहरुको हत्या र बलात्कार गरेको अभियोग लागेको थियो ।

यसअघि ४ माघमा समेत प्रहरीले छापा मारेको थियो । यो बम्जनको आश्रममा छापा मारेको दोस्रो पटक हो ।

सीआईबीको टोली बिहीबार कुकुर सहित बम्जनको आश्रम पुगेको थियो । ठूलो जंगलको बीचमा उनको आश्रम भएको कारण उनी त्यहीँ जंगलबाट भागेको अनुमान प्रहरीको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ७ : १९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना