आत्महत्या गरेका अर्का पुरुषमा कोरोना पुष्टि « Khabarhub

आत्महत्या गरेका अर्का पुरुषमा कोरोना पुष्टि


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा-बाजुरा जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको छ।

बुधवार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए। बडिमालिका नगरपालिका २ माझिगाउँका ४५ बर्षिय पुरुषले जेठ ३० गते बेलुका क्वारेन्टिनमा आत्महत्या गरेका थिए।

उनी जेठ २८ गते मात्र भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए। उनले के कति कारणले आत्महत्या गरेको भन्ने कुनै जानकारी हुन सकेको छैन। डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनीसंगै बसेका मान्छेले फेला पारेका थिए।

उनी विगत २४ वर्षदेखि भारत बस्दै आएका र उनीसँगै श्रीमतीसहित ४ छोराछोरी नेपाल आएका थिए। उनकी श्रीमतीसहित छोराछोरी अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन्।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ७ : २६ बजे

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा