आत्महत्या गरेका अर्का पुरुषमा कोरोना पुष्टि « Khabarhub

आत्महत्या गरेका अर्का पुरुषमा कोरोना पुष्टि


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा-बाजुरा जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको छ।

बुधवार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए। बडिमालिका नगरपालिका २ माझिगाउँका ४५ बर्षिय पुरुषले जेठ ३० गते बेलुका क्वारेन्टिनमा आत्महत्या गरेका थिए।

उनी जेठ २८ गते मात्र भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए। उनले के कति कारणले आत्महत्या गरेको भन्ने कुनै जानकारी हुन सकेको छैन। डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनीसंगै बसेका मान्छेले फेला पारेका थिए।

उनी विगत २४ वर्षदेखि भारत बस्दै आएका र उनीसँगै श्रीमतीसहित ४ छोराछोरी नेपाल आएका थिए। उनकी श्रीमतीसहित छोराछोरी अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन्।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ७ : २६ बजे

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी