जनगणनाको कार्यतालिका स्वीकृत, असार १५ गतेदेखि प्रश्‍नावली तयारी थालिने « Khabarhub

जनगणनाको कार्यतालिका स्वीकृत, असार १५ गतेदेखि प्रश्‍नावली तयारी थालिने


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले कार्यतालिका स्वीकृत गरेको हो ।

साथै बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत जनगणनाका सबै विवरण रहने गरी विभागको सव डोमेनमा स्थायी वेबसाइटको रुपमा रहने गरी censusnepal.cbs.gov.np को राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सार्वजनिक गरे ।

कार्यतालिकाअनुसार यही असार १५ गतेदेखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालिम, तथ्याङ्क प्रशोधन केन्द्रको तयारी, ‘अनलाइन’मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरुलाई तालिम, जिल्लामा जनगणनाको सामग्री जिल्ला–जिल्ला पठाउने जनगणनाका प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाखभित्र विषयगत प्रतिवेदन सार्वजजिनक गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ११ : १६ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश