नेकपा विवाद फेरि सचिवालयमै फर्कियो,  बैठक आज अपराह्न | Khabarhub Khabarhub

नेकपा विवाद फेरि सचिवालयमै फर्कियो,  बैठक आज अपराह्न


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्केको शक्ति संघर्ष फेरि सचिवालय बैठकमै पुगेको छ ।

विवादका बीच जारी स्थायी कमिटी बैठक पटक/पटकको स्थगनमा  परेपछि विवाद फेरि सचिवालय बैठकमै फर्किएको हो ।

केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये कम्तीमा एउटा पद छाड्नै पर्ने प्रचण्ड-माधव समूहको अडान र दुबै पद नछाड्ने ओलीको अडानले फुटको संघारमा पुगेको नेकपाभित्र गतिरोध बल्झिदै गएको छ ।

गतिरोध अन्त्यको प्रयासस्वरूप आज अपराह्न ३ बजे बालुवाटारमा सचिवालय बैठक डाकिएको छ ।

गत असार १७ गते सुरू भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो । तर, ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि असार १० गते स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।

शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ८ : २३ बजे

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

नौगाड– तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त

कञ्चनपुरमा चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह

कञ्चनपुर– बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले

डोनाल्ड ट्रम्पको ‘ट्यारिफ बम’: अब औषधिमा १०० प्रतिशत कर

वासिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अर्को ठूलो आर्थिक घोषणा गर्दै

अर्थमन्त्री र मन्त्रालयका सचिवको अमेरिका भ्रमण स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि

कनकमणिको टिप्पणी : नेपालको इतिहासमा यति ठूलो विनाश कहिल्यै भएको थिएन

काठमाडौं- वरिष्ठ पत्रकार कनकमणि दीक्षितले भदौ २३ र २४ गते