नेकपा विवाद फेरि सचिवालयमै फर्कियो,  बैठक आज अपराह्न « Khabarhub

नेकपा विवाद फेरि सचिवालयमै फर्कियो,  बैठक आज अपराह्न


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्केको शक्ति संघर्ष फेरि सचिवालय बैठकमै पुगेको छ ।

विवादका बीच जारी स्थायी कमिटी बैठक पटक/पटकको स्थगनमा  परेपछि विवाद फेरि सचिवालय बैठकमै फर्किएको हो ।

केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये कम्तीमा एउटा पद छाड्नै पर्ने प्रचण्ड-माधव समूहको अडान र दुबै पद नछाड्ने ओलीको अडानले फुटको संघारमा पुगेको नेकपाभित्र गतिरोध बल्झिदै गएको छ ।

गतिरोध अन्त्यको प्रयासस्वरूप आज अपराह्न ३ बजे बालुवाटारमा सचिवालय बैठक डाकिएको छ ।

गत असार १७ गते सुरू भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो । तर, ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि असार १० गते स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।

शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ८ : २३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका