नेकपा सचिवालय बैठक अघि ओली-प्रचण्ड छलफलमा « Khabarhub

नेकपा सचिवालय बैठक अघि ओली-प्रचण्ड छलफलमा


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

आज दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकअघि अध्यक्षद्वय आन्तरिक परामर्शमा जुटेका हुन् ।

त्यसअघि शनिबार बिहान प्रचण्डसहितका ५ जना शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायाणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको थियो ।

खुमलटारको छलफलमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ भने सहभागि भएनन् । त्यस्तै बालुवाटारमा पनि ओलीले रक्षामन्त्री समेत रहेका ईश्वर पोखेल, महासचिव विष्णु पौडेल, विष्णु रिमाललगायतका नेतासँग छलफल गरेका छन् ।

ओलीले बालुवाटार र प्रचण्डले खुमलटारमा कसरी अघि बढ्ने भन्नेमा परामर्श गरेको दुवै नेताका निकटस्थहरुले बताएका छन् ।

नेकपाले आन्तरिक विवादमा सहमति खोज्ने प्रयासस्वरुप स्थायी कमिटी बैठक रोकेर शनिबार सचिवालय बैठक बेलाएको हो । तर सचिवालय बैठकका एजेण्डा के हुन् भन्नेकुरा अहिलेसम्म कुनैपनि नेताहरुलाई जानकारी गराइएको छैन ।

‘बैठक त हो तर एजेण्डाबारे जानकारी आइसकेको छैन’, प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  २ : १० बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती