सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी | Khabarhub Khabarhub

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सवा तीन बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आन्तरिक विवाद बढेपछि नेकपाले स्थायी समिति बैठक स्थगित गरेर आज सचिवालय बैठक बोलाएको थियो। स्याथी समितिमा प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषय उठेपछि लामो समयदेखि विवाद छ। सहमति खोज्न स्थायी समिति बैठक पटकपटक स्थगित गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच छलफल भए पनि कुनै सहमतिमा पुगेको थिएन।

आजको सचिवालय बैठकअघि अध्यक्षद्वय ओली-प्रचण्डले छलफल गरेका थिए ।

नेकपाभित्रको विवाद हल गर्न शीर्ष नेता आज (शनिबार) बिहानैदेखि छलफलमा सक्रिय भएका थिए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आजै बिहान दुई घण्टासम्म सचिवालयका पाँच सदस्यले छलफल गरेका थिए ।

खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । गृहमन्त्री समेत रहेका अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ भने खुमलटार छलफलमा सहभागी भएनन् ।

त्यसैगरी सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको छ । उक्त छलफलमा पार्टी महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा समेत सहभागी थिए ।

खुमलटार र बालुवाटारका दुवै छलफल सचिवालय बैठकका एजेन्डामा केन्द्रित भएको स्रोतको दाबी छ । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्को शक्ति संघर्ष देखिएपछि स्थायी कमिटी बैठक कसरी टुंग्याउने भन्ने विषयमा छलफलका लागि सचिवालय बैठक बोलाइएको हो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन अर्का अध्यक्ष प्रचण्ड समूहले दबाब दिइरहेको छ । प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडानमा छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ३ : ५१ बजे

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती

राजस्व सङ्कलनमा ७ प्रतिश बढीले वृद्धि

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई