नगरवासीको गुनासो सुन्न मेयर ब्याञ्जु वडा-वडामा « Khabarhub

नगरवासीको गुनासो सुन्न मेयर ब्याञ्जु वडा-वडामा


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु नगरबासीका गुनासो सुन्न वडा-वडामै पुग्न थालेका छन् ।

उनले चालु आर्थिक वर्षको शुरुवातदेखिनै नगरवासीको गुनासो सुन्ने कार्यलाई निरन्तरता दिएका हुन् ।

नीति तथा कार्यक्रममै ‘नगरबासीसँग मेयर’ कार्यक्रम राखेर मेयर ब्याञ्जुले भेटघाट, छलफल तथा अन्तरक्रियाको शुरुवात गरेका हुन् ।

उनले शनिबार वडा नम्बर १० का नगरवासीसँग छलफल गरे । दुई महिनाको अवधिमा भेटघाट कार्यक्रम १२ वटै वडामा गरिने जनाए ।

कोरोना संक्रमणका कारण सार्वजनिक सुनुवाई, सार्वजनिक लेखा परीक्षण जस्ता कार्यक्रमहरु हुन नसकिरहेको बेला मेयर आफै नगरबासीलाई भेट्न वडा वडा पुगेका हुन् ।

भेटघाटका क्रममा उनले वडाहरुमा योजनाहरुको समीक्षा, चालु आर्थिक वर्षमा वडामा सञ्चालन हुने कार्यक्रमहरुको जानकारी र नगरपालिकाले गरेको कामका प्रगतिको बारेमा छलफल गर्ने गरेका छन् । उनले नागरिकको सल्लाह, सुझाव अनुरुप नै विकास निर्माणका काममा ध्यान दिने गरेको बताए ।

नगरपालिकाले अघि सारेका शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार जस्ता नीति तथा कार्यक्रममा आम जनसहभागिता जुटाउन र नगरपालिकाप्रति अपनत्व कायम गर्न यस्ता भेटघाट र परामर्शले ठूलो मद्दत पुग्ने उनले विश्वास लिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ११ : ३७ बजे

हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर,

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)