नगरवासीको गुनासो सुन्न मेयर ब्याञ्जु वडा-वडामा « Khabarhub

नगरवासीको गुनासो सुन्न मेयर ब्याञ्जु वडा-वडामा


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु नगरबासीका गुनासो सुन्न वडा-वडामै पुग्न थालेका छन् ।

उनले चालु आर्थिक वर्षको शुरुवातदेखिनै नगरवासीको गुनासो सुन्ने कार्यलाई निरन्तरता दिएका हुन् ।

नीति तथा कार्यक्रममै ‘नगरबासीसँग मेयर’ कार्यक्रम राखेर मेयर ब्याञ्जुले भेटघाट, छलफल तथा अन्तरक्रियाको शुरुवात गरेका हुन् ।

उनले शनिबार वडा नम्बर १० का नगरवासीसँग छलफल गरे । दुई महिनाको अवधिमा भेटघाट कार्यक्रम १२ वटै वडामा गरिने जनाए ।

कोरोना संक्रमणका कारण सार्वजनिक सुनुवाई, सार्वजनिक लेखा परीक्षण जस्ता कार्यक्रमहरु हुन नसकिरहेको बेला मेयर आफै नगरबासीलाई भेट्न वडा वडा पुगेका हुन् ।

भेटघाटका क्रममा उनले वडाहरुमा योजनाहरुको समीक्षा, चालु आर्थिक वर्षमा वडामा सञ्चालन हुने कार्यक्रमहरुको जानकारी र नगरपालिकाले गरेको कामका प्रगतिको बारेमा छलफल गर्ने गरेका छन् । उनले नागरिकको सल्लाह, सुझाव अनुरुप नै विकास निर्माणका काममा ध्यान दिने गरेको बताए ।

नगरपालिकाले अघि सारेका शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार जस्ता नीति तथा कार्यक्रममा आम जनसहभागिता जुटाउन र नगरपालिकाप्रति अपनत्व कायम गर्न यस्ता भेटघाट र परामर्शले ठूलो मद्दत पुग्ने उनले विश्वास लिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ११ : ३७ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको