उद्धार उडान स्थगित भएपछि प्रवासी नेपाली निराश, रित्तै विमान फर्कदा कयौं यात्रु अलपत्र « Khabarhub

उद्धार उडान स्थगित भएपछि प्रवासी नेपाली निराश, रित्तै विमान फर्कदा कयौं यात्रु अलपत्र



दोहा – सरकारले सोमबार शुरू गरेको पाचौँ चरणको उद्धार उडान अनिश्चितकाललाई रोकेसँगै नेपाल आउन तयार भएका कयौँ नेपाली विभिन्न मुलुकका विमानस्थलमा अलपत्र परेका छन् ।

कतार, कुवेत र साउदीबाट हुने भनिएका उद्धार उडान स्थागित भएपछि ती मुलुकबाट नेपाल आउन ठिक्क परेका नेपालीहरू अप्ठ्यारोमा परेका छन् ।

खाडी मुलुकमा रहेका नेपाली दूतावासले सोमबार साँझ उद्धार उडान स्थगित भएकोमा माफि माग्दै विज्ञप्ति जारी गर्दा विमानस्थलमा पुगिसकेका तथा स्वदेश फर्कन सरसामान ठिक पारिररहेका नेपालीहरू निराश भए ।

नेपाल आउन ठिक्क परेपछि उडान स्थगित भएकोमा कतिपय युवाहरू आक्रोशित भएका छन् । सरकारले अन्तिम समयमा आएर उडान स्थगित गर्दाको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।

दुवइ विमानस्थलमा अलपत्र १४ जना नेपालीलाई सहयोग गर्दै एनआरएनए यूएईका पदाधिकारी । सौजन्य तस्वीर : मेघराज सापकोटा ।

कतारस्थित नेपाली दूतावासले निकालेको स्वदेश फर्किने लिस्टमा परेका मोरङका दुर्गाप्रसाद कोइराला उडान नहुने सूचना आएपछि खिन्न भएको बताउँछन् ।

साउदीमा रहेका सुमन नेपाल भन्छन्, ‘६ महिनादेखि नेपाल आउन खोजेका मसहित ४५ जना हामी स्वदेश फर्कन पाइने भयो भनेर खुशी भएका थियौँ, तर उद्धार उडान उडान स्थागित भएपछि मानसिक तनाव थपियो, खानलाई पैसासमेत छैन ।’

आबुधाबीबाट दुवइ विमानस्थलमा कयौं नेपाली यात्रुहरू पुगिसकेपछि मात्रै यूएईको उद्धार उडान स्थगित भएको सूचना पुग्यो ।

अचानक उडान स्थगित भएपछि विमानस्थल पुगेका १४ जना नेपालीलाई एनआरएनए यूएईले सहयोग गरेको उपाध्यक्ष पासाङ्ग शेर्पाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

दुवइ विमानस्थलमा अलपत्र १४ जना नेपाली । सौजन्य तस्वीर : मेघराज सापकोटा ।

उनीहरूबाहेक अरू ८० जना नेपालीलाई विमानस्थलमै अलपत्र पारेर नेपाल एयरलाइन्सको विमान रित्तै फर्किएपछि सरकारले आफूहरूको सबै  खर्च सरकारले वेहोर्नुपर्ने भन्दै उनीहरू आक्रोशित भएका छन् ।

विदेशबाट फर्किएका नेपालीलाई सम्बन्धित जिल्लामा व्यवस्थापन गर्न कठिनाई हुने भन्दै सरकारले पाचौँ चरणको उउद्धार उडान सुरू गरेकै दिन सोमबार तत्काललाई उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

विदेशबाट दैनिक ५ सयको संख्या नबढाइ उद्धार उडानबाट नेपाली ल्याउने निर्णय गरे पनि ४१ भन्दा बढी जिल्लामा भएका अनेकखाले प्रतिबन्धले सम्बन्धित ठाउँमा पठाउन गारो हुने भएपछि उद्धार उडान स्थगित गरिएको जनाएको थियो ।

सरकारले उद्धार उडान स्थगित गरेको सूचना प्रवाह गर्नअघि सोमबार नै हिमालयन एयरलाइन्स र  फ्लाई दुवइको उडानमा मेलसिया र दुबइबाट गरी ३१८ जना नेपाली स्वदेश फर्किएका थिए ।

यसअघि चौथो चरणसम्म भएका उद्धार उडानबाट ५० हजार ६६२ नेपाली स्दवेश फर्किसकेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ९ : ३० बजे

प्रकाशित भयो एसईई नतिजा, उत्तीर्ण भए ६५.९८ प्रतिशत विद्यार्थी

काठमाडौँ । एसईई नतिजा प्रकाशित भएको छ । यसवर्ष ६५

‘प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति कार्यक्रमको समयमा केहीबेर विश्राम’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति