बाढीपहिरोमा परेका मृतकका परिवारलाई दुई लाखका दरले राहत दिने सरकारको निर्णय « Khabarhub

बाढीपहिरोमा परेका मृतकका परिवारलाई दुई लाखका दरले राहत दिने सरकारको निर्णय


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवारलाई एक जनाको मृत्यु भएको भए दुई लाख र एकै परिवारमा एकभन्दा बढीको मृत्यु भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गर्दै बाढीपहिरोमा परेका घाइतेको नि:शुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई राहत दिने निर्णय भएको जानकारी दिए।

बाढीपहिरोले घरबारविहीन भएकालाई तत्काल जुगाराका लागि पाँच जनासम्मको परिवार छ भने प्रतिपरिवार १५ हजार र पाँचभन्दा बढी सदस्य रहेका परिवार छन् भने प्रतिपरिवार २० हजार नगद सहयोग दिने निर्णय भएको खतिवडाले जानकारी दिए।

बाढीपहिरोले घरमा क्षति पुर्‍याएकाहरूलाई नयाँ घर बनाउने भए एक लाखका दरले सहयोग दिने उनले बताए।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : ०३ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र