राष्ट्रकवि घिमिरेकाे निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त « Khabarhub

राष्ट्रकवि घिमिरेकाे निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

उनले ट्वीटरमा उल्लेख गरेकी छन्- “राष्ट्रकवि माधवप्रसाद घिमिरेको दु:खद् निधनको खबरले स्तब्ध भएको छु। काव्य र कविताको माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्‍याउँनु भएको योगदानलाई हामी सधैँ सम्झिरहने छौं। दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना !”

यस्तै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, साहित्यकार, कलाकर्मीहरूले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्- “उहाँले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने छ। उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाइ लिएको छ।”

राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रकवि घिमिरेको निधनसँगै नेपाली वाङ्मयको एउटा युग समाप्त भएको बताएका छन्।

पर्यटनमन्त्री योगेश भट्टराई, नेकपा नेता गोकुल बाँस्कोटा, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस नेता गगन थापा लगायतले राष्ट्रपति घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : १७ बजे

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला