आज जनकपुर आउँदै नेपाली रेल, ३४ किमी खण्डमा परीक्षण सञ्चालन गरिने | Khabarhub Khabarhub

आज जनकपुर आउँदै नेपाली रेल, ३४ किमी खण्डमा परीक्षण सञ्चालन गरिने


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल परीक्षणका लागि आज जनकपुर आइपुग्ने भएको छ ।

रेल नेपाल ल्याइएसँगै जयनगर–जनकपुर ३४ किमी खण्डमा रेलको परीक्षण सञ्चालन गरिनेछ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर रहेको छ ।

रेलको परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० जना भारतीय प्राविधिक जनकपुर पुगेका छन् । उनीहरूमध्ये केही रेलसँगै फर्किनेछन् भने केही जनकपुरमै बस्नेछन् ।

भारतीय प्राविधिक कर्मचारीले नै रेल सञ्चालन गर्नेछन् । जसमा चालक, इन्जिनियर र संकेत देखाउने कर्मचारी छन् ।

भारतीय कर्मचारी राख्ने विषयमा नेपाल र भारतबीच सम्झौता गर्ने तयारी भइरहेको छ । ‘सम्झौतापत्र भारतीय पक्षले तयार गरिरहेका छन्, त्यसमा दुवै पक्षबीच छलफलपछि सहमति हुनेछ,’ महाप्रबन्धक भट्टराईले भने ।

बिहीबार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको थियो । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो ।

कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा राखिएका थिए ।

अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याउन लागिएको हो । बिहीबार जयनगर पुगेको रेल शुक्रबार जनकपुर पुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए ।

शुक्रबार रेल नेपाल पुगे पनि फेरि भारत नै फर्किनेछ । सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ । त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ ।

दोस्रो चरणमा जनकपुर–कुर्थादेखि बिजलपुरासम्म ४६ किलोमिटरमा सञ्चालन गरिनेछ । त्यस क्षेत्रमा भने अहिले रेलमार्ग निर्माण भइरहेको छ  । त्यस्तै, बिजलपुरादेखि बर्दिबाससम्म १७ किलोमिटरसम्म रेल्वे लिकका लागि सर्भे भएको छ भने जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ । तर, अधिग्रहणमा विवाद हुँदा काम हुन सकेको छैन ।

रेल सञ्चालनका लागि प्रशासनिक कर्मचारी भने नेपाली राखिनेछन् । कर्मचारी भर्नाका लागि विभिन्न २९ पदमा एक सय २९ जनाको विज्ञापन गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ३७ बजे

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।