आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्कता अपनाउन सुझाव | Khabarhub Khabarhub

आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्कता अपनाउन सुझाव


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने र पहाडी क्षेत्रमा पहिरो खस्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाका अनुसार आज देशभरि सामान्य बद्ली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

यसैगरी राति पनि देशभरिकै मौसम सामान्य बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले भने देशभरिकै मौसम बद्ली भएर प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।

यस्तो छ ३ दिनको मौसमबारे पूर्वानुमान
असोज २ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ३ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।सुदुरपश्चिम प्रदेशका र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

असोज ४ गते (आइतबार)

दिउँसो : देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ३९ बजे

युरोपेली शीर्ष नेताहरूको संयुक्त भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट

युक्रेन– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदैछन् लालबहादुर

गोरखा– शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक

लुम्बिनीमा तीन दिन बुद्धजयन्ती मनाइँदै

रूपन्देही– २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९

वाईसीएल कर्णालीको सम्मेलन वैशाख २९ र ३० गते

सुर्खेत– नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग  (वाईसीएल)

बागलुङको बडिगाड र मालारानी जोड्ने पुल निर्माण

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ७ भिमगिठे र वडा नम्बर ९