आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्कता अपनाउन सुझाव « Khabarhub

आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्कता अपनाउन सुझाव


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने र पहाडी क्षेत्रमा पहिरो खस्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाका अनुसार आज देशभरि सामान्य बद्ली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

यसैगरी राति पनि देशभरिकै मौसम सामान्य बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले भने देशभरिकै मौसम बद्ली भएर प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।

यस्तो छ ३ दिनको मौसमबारे पूर्वानुमान
असोज २ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ३ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।सुदुरपश्चिम प्रदेशका र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

असोज ४ गते (आइतबार)

दिउँसो : देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ३९ बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई