ठूलो स्वरले पढ्दा बढ्छ बालबालिकाको स्मरणशक्ति ! « Khabarhub

ठूलो स्वरले पढ्दा बढ्छ बालबालिकाको स्मरणशक्ति !


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक अध्ययनका अनुसार ठूलो स्वरमा पढ्नाले बालबालिकाहरुमा लामो समयसम्म उक्त कुरा सम्झने क्षमता रहने गर्दछ ।

अध्ययनको नतिजाले बोल्ने र सुन्ने दोहोरो कार्यविधि ‘उत्पादन प्रभाव’ को सम्झने शक्तिमा लाभकारी असर पर्ने देखाएको छ । बोल्ने र सुन्ने एकैचोटी गर्नाले शब्द याद गर्न र पछिसम्म पनि सम्झिरहन सकिन्छ । जसले मस्तिष्कमा प्रतिधारण अर्थात् स्मृतिमा बनिरहने सम्भावना बढ्ने गर्दछ ।

क्यानडाको वाटरलू विश्वविद्यालयका प्रोफेसर कोलिन एम. म्याकलियोले अध्ययनमा सक्रिय सहभागीताबाट सिक्ने र स्मृतिको फाइदाको पुष्टि हुने बताएका छन् । उनले भने, जब हामी सक्रिय उपाय वा उत्पादन तत्व कुनै शब्दका साथमा जोड्दछौँ तब त्यो शब्द धेरै विशिष्ट बनेर हाम्रो दिमागमा लामो समयसम्म पनि रहिरहने गर्दछ र त्यो स्मरणीय नै बन्ने गर्दछ ।

मेमोरी नामक पत्रिकामा प्रकाशित यस अध्ययनमा शामिल टीमले लिखित सुचना सिक्ने चार विधिहरुको परीक्षण गरेका थिए । जसमा शान्त भएर पढ्नु, कसैलाई पढेर सुनाउनु, आफूले पढेको रेकर्ड गरेर सुन्नु र ठूलो स्वरले पढ्नु रहेका थिए ।

अध्ययनको नतिजाका आधारमा ठुलो स्वरले पढ्नु प्रभावकारी रहेको बताइएको छ । यो सम्झनका लागि सबैभन्दा उपयुक्त रहेको छ । म्यकलियोडले भने अध्ययनका अनुसार काम गर्ने विचार र क्रियाशीलताले पनि स्मरण शक्ति बढाउने गर्दछ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  २ : ३५ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व