ओपोले मनायो १६ औं वार्षिकोत्सव, कस्तो रह्यो आजसम्मको यात्रा ? « Khabarhub

ओपोले मनायो १६ औं वार्षिकोत्सव, कस्तो रह्यो आजसम्मको यात्रा ?


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विश्वस्तरमै अग्रणी टेक ब्राण्ड ओपोले १६औँ  वार्षिकोत्सव मनाएको छ ।

निरन्तर नवप्रबर्तन पस्कँदै आइरहेको ओपोले विगतका केही वर्षमा आफ्नो परिचय फोन निर्माताबाट स्मार्ट उपकरण नवप्रबर्तनका रुपमा स्थापित गरिसकेको छ ।

आफ्ना पार्टनर्स तथा प्रयोगकर्ताका लागि उद्योगलाई विकास तिर अग्रसर गराउने खालका उच्च गुणस्तरिय सुन्दर डिजाइन सहितका प्राविधिक उत्पादन तथा सेवा मार्फत कम्पनीले विश्वभर आफ्नो छाप छोड्दै आइरहेको छ ।

‘वार्षिकोत्सवको यो अवधि सम्म आई पुग्दा हामी निकै गौरवान्वित महशुस गर्दैछौँ ।

ओपोको यो यात्रामा साथ दिनुहुने समस्त उपभोक्ता, पार्टनर्स, कर्मचारी जसको प्रतिबद्धता र समर्थनले हाम्रो सफलताको सम्भव बनाइ दिएको छ सबै प्रति हामी हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छौँ ।’, ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोन चनले भने ।

१६ बर्षको जीवन्त अवधि

यस बर्ष ओपोले फाइभजी, एआई, ईमेजिङ र भोक फ्ल्याश चार्जिङ तथा कञ्जुमर टेक्नोलोजीका क्षेत्रमा उल्लेखनिय सफलता हात पारेको छ ।

अगस्त महिनामा नयाँ पुस्ताको हाइब्रिड जुम प्रविधि सार्वजनिक गर्दै तस्विरका गुणस्तरको स्तरलाई नयाँ उचाई प्रदान गरेको छ ।

साथै, फ्ल्याश चार्ज प्रविधिमा ओपोको अग्रतालाई थप सुदृढ बनाउँदै १२५वाट फ्ल्याश चार्जले प्रतिनीधित्व गरिरहेको फ्ल्याश चार्जको नयाँ लाइनअपपनि कम्पनीले सार्वजनिक गरेको छ ।

ओपोले यूके र यूरोपमा पहिलो फाइभजी एसए नेटवर्क स्लाइसिङ सर्भिसेजका साथ सफलतापूर्वक पहिलो ५जी स्ट्यान्डअलोन (एसए) पनि उपलब्ध गराइसकेको छ ।

हाल ओपो ५० भन्दा बढी ग्लोबल अपरेटर्ससंग सहकार्य गर्दै विश्वभर फाइभजीको बृहत्त ब्यवसायिकरणलाई गति प्रदान गर्न अग्रसर रहेको छ ।

साथै, कम्पनीले सीभीपीआर २०२०मा एआई श्रेणी अन्तर्गत दूई ओटा पहिलो स्थानको पुरस्कारपनि हात पारिसकेको छ । त्यसैगरी अभूतपूर्व एआई प्रविधिको अन्वेषणका लागि डिपार्टमेन्ट अफ ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्ट¥याक्सनको स्थापनापनि गरेको छ ।

एकिकृत टेक फर्मका रुपमा स्थापति हुने उद्देश्यका साथ ओपोले आफ्ना प्रयोगकर्ताका पृथक अवश्यकताको पूर्ति गर्दै विकसित हुँदै आइरहेको छ ।

ईन्टेलिजेन्ट मोबाइल डिभाइस बिजनेस यूनिटको स्थापना संगै कम्पनीले ईयर बड्स, स्मार्ट वाच्ज र फाइभजी सीपीई लगायतका आईओटी उत्पादनहरु सार्वजनिक गरिसकेको छ । स्मार्टफोनका साथमा ओपो अहिले नयाँ बौद्धिक ईको प्रणालीको निर्माणका लागि प्रयत्नरत छ ।

ओपोले हार्डवेयर, सफ्टवेयर र ईन्टरनेट सेवाका लागि मूलभूत प्रविधिहरुको विकास गरिसकेको छ । उपभोक्ता केन्द्रित ब्राण्डका रुपमा कलरओएसको नयाँ भर्जनले दृष्टि, श्रब्य र भौतिक अशक्तता भएका प्रयोगकर्ताका लागि टक ब्याक, फ्ल्याश अन कल र एक्सेसिबल मेन्यू लगायत सुविधापनि उपलब्ध गराइसकेको छ ।

हाल कलरओएसको मासिक सक्रिय प्रयोगकर्ताको संख्या विश्वभरमा ३७० मिलियनको हाराहारीमा रहेको छ ।

बषौँदेखि ओपोले आफ्नो मूलभूत मान्यतामा केन्द्रित रहँदै प्रविधिलाई पहिचान दिलाउने, सहज उपलब्धता र निजीकृत गर्ने कार्य गरिरहेको छ ।

यही कुरालाई दृष्टिगत गर्दै ओपोले भविश्यमा पनि आफ्ना विश्वभरका प्रयोगकर्ता केन्द्रित डिजाइन तथा उत्पादन पस्कन आफ्ना ग्लोबल सप्लाई चेन पार्टनर्स, नेटवर्क अपरेटर्स र विक्रेताहरु संग अझ गहिरो र बलियो सहकार्यको आशा गरिरहेको छ । प्रविधिले विश्व र मानवतालाई समेत थप नजिक ल्याउने कार्य गर्नुपर्ने ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी चनको मान्यता छ ।

ओपोले आफ्नो स्थापनाकाल देखि नै यही मान्यतालाई आत्मसात गर्दै अघि बढी रहेको छ ।

‘भविष्यमा पनि ओपोले आफ्ना विश्वभरका उपभोक्तालाई खुला र बौद्धिक पर्यावरण निर्माण गर्दै अझ सुदृढ प्राविधिक अनुभव पस्कने कार्यलाई निरन्तरता दिनेछ ’, टोनीले भने ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ३ : १० बजे

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१