टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा, बुकिङ खुला « Khabarhub

टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा, बुकिङ खुला


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सिप्रदीले टाटा अल्ट्रोज डिजिटल प्रबिधिमार्फत बिहीबार नेपाली बजारमा सार्वजनिक गरेको हो ।

गाडी सार्वजनिक कार्यक्रममा टाटा मोटर्सका प्यासेन्जर भेइकल इन्टरनेशनल बिजनेस हेड सुजन रोयले प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार विस्तारमा सहयोग पुर्‍याउनेमा आफू विश्वस्त रहेको बताए ।

यस्तै सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज सार्वजनिक हुनुले प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप भएको बताए ।

यसैबीच सिप्रदी ट्रेडिङ प्रालीले टाटा अल्ट्रोजको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेर बिहीबारदेखि नेपालभरिका सबै डिलरमार्फत गाडीको बुकिङ पनि खुला गरेको छ ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यही वर्षको सुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।

टाटा अल्ट्रोज अल्फा (ब्रीँब्) (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको एकमात्र पहिलो गाडी रहेको कम्पनीकाे दाबी छ । यसमा स्ट्राइकिङ डिजाइन, वाइड एरे अफ इण्डस्ट्रिज–फर्स्ट, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन् ।

यसैगरी टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याकमा जडित १ दशमलव २ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ । यसमा रहेको मल्टिड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्दछ । साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुला र फराकिलो छ ।

टाटा अल्ट्रोजमा आइडल स्टपरस्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका विशेषता छन् । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबीएस, ईबीडी, सीएससी र डुअल एअर ब्यागहरु छन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  २ : २० बजे

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित