पत्रकार निर्मला मृत्यु प्रकरण : शंकास्पदलाई नियन्त्रणमा लिएर प्रहरीले थाल्यो अनुसन्धान « Khabarhub

पत्रकार निर्मला मृत्यु प्रकरण : शंकास्पदलाई नियन्त्रणमा लिएर प्रहरीले थाल्यो अनुसन्धान


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली-कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत २४ वर्षीया पत्रकार निर्मला पहराईको मृत्यु घटनामा संलग्न भएको आशंकामा केही शंकास्पदलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ ।

गत भदौ ३१ गतेदेखि वेपत्ता भएकी उनी आज वडा नम्वर ५ को सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन ।

उनी मृत अवस्थामा भेटिएपछि घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको हो । अनुसन्धानका लागि केही शंकास्पदलाइ नियन्त्रमा लिइएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

निर्मलाका दाजु विशाल पहराईले आफ्नी बहिनीको आत्महत्या नभइ हत्या भएको भन्दै निस्पक्ष छानविनको माग गरेका छन् । पत्रकार महासंघ कैलाली शाखाले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ४४ बजे

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप