चाडपर्व लक्षित उत्सव र जात्रा नगर्न निर्देशन « Khabarhub

चाडपर्व लक्षित उत्सव र जात्रा नगर्न निर्देशन


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने विभिन्न किसिमका उत्सव र जात्राहरु नगर्न निर्देशन दिएको छ ।

कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चाडपर्व लक्षित कार्यक्रमहरु बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

चाडपर्वमा पारिवारिक भेटघाट बाहेकका अन्य कार्यक्रमहरु नगर्न सबैमा जानकारी गराइएको छ । अघिल्ला वर्षहरुमा हुने गरेका विभिन्न प्रतियोगिता तथा कार्यक्रम नगर्न निर्देशन दिइएको उनले बताए । उनले भने, “नवरात्रिको समयमा मठमन्दिर एवं शक्तिपीठहरुमा दर्शन निषेध गरिएको छ । जिल्लामा हुने सबै किसिमका मेला महोत्सवहरु नगर्न आयोजकहरुलाई आग्रह गरिएको छ ।”

मठमन्दिर एवं शक्तिपीठमा नित्य पूजाबाहेक दर्शन लगायतका अन्य गतिविधि रोकिएको हो । कोरोना सङ्क्रमणको त्रासमा चाडपर्वलाई मर्यादित बनाउँदै घरपरिवारसँग बसेर मनाउनुपर्ने शर्माले बताए ।

अहिलेको महामारीको समयमा स्थानीय प्रशासनको आदेश पालना नगर्नेलाई सङ्क्रामक ऐन, २०२० आदेश अपहेलनाअनुसार कारबाही गरिने उनले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ३ : ३५ बजे

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।