वायु सेवा निगम र बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्यको सम्झौता « Khabarhub

वायु सेवा निगम र बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्यको सम्झौता


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायु सेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रबर्द्धनका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल भ्रमणमा आउने विदेशी सञ्चारकर्मी, ब्लगर तथा लेखकलाई निगमले निःशुल्क टिकट उपलब्ध गराउने भएको छ।

नेपाल पर्यटन बोर्ड र निगमबीच आइतबार भएको सम्झौता अनुसार निगमका विभिन्न नौ वटा अन्तर्राष्ट्रिय गन्तव्यबाट आउने आमन्त्रित व्यक्तिलाई टिकट उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृति (सीईओ) धनन्जय रेग्मीले निगमले एउटा गन्तव्यबाट ९ जनाका दरले टिकट उपलब्ध गराउने गरी निगमसँग सम्झौता भएको बताए ।

निगम र बोर्डबीच भएको यस्तो सम्झौतामा दुवै निकायले नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धमा सहकार्य गर्ने, बोर्ड पुगेको स्थानमा निगमको प्रवर्द्धन गर्ने, निगमले पनि बोर्डलाई पर्यटन प्रवर्द्धनमा सहजीकरण गर्नेसहितको सम्झौता भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र नेपाल पर्यटन बोर्डबीच भएको यस सम्झौताले कोरोनाको महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको प्रबर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : १३ बजे

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र

असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च

भक्तपुर– आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

काठमाडौं–  २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको  शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका