नेसन्स लिगमा स्पेनसँग जर्मनकी लज्जास्पद हार « Khabarhub

नेसन्स लिगमा स्पेनसँग जर्मनकी लज्जास्पद हार


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले लस्जास्पद हार ब्योहोरेको छ ।

लिग अन्तर्गत समूह ए४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६-० को शानदार जित हात पारेको छ ।

एकपक्षीय भएको खेलमा स्पेनका लागि फेरान टोरेसले ह्याट्रिक गरे । यस्तै रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १-१ गोल गरे ।

खेलको १७औँ मिनेटमा स्पेनले अग्रता बनायो । फाबियन रुइजको कर्नरमा मोराटाले हेडमार्पत गोल गरे ।

३३औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दोब्बर पारे ३८औँ मिनेटमा स्पेनले ३-० को अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफमा जर्मनीले डिफेन्डर परिवर्तन गरे पनि खेल राम्रो हुन सकेन ।

५५औँ मिनेटमा टोरेसले व्यक्तिगत दोश्र गोल गर्न सफल रहे । टोरेसले नै ७१औँ मिनेटमा ह्याट्रिक पूरा गरे ।

९०औँ मिनेटमा जोसे गयाको पासमा ओयारज्बालले सहजै गोल गर्दै ६-० को जित पक्का गरे ।

जितसँगै स्पेनले यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

स्पेनले ६ खेलमा ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीको ६ खेलमा ९ अंक छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ६ : १२ बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले