नेपालले दोस्रो खेल बराबरी खेले पनि सिरिज बंगलादेशलाई « Khabarhub

नेपालले दोस्रो खेल बराबरी खेले पनि सिरिज बंगलादेशलाई


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल र बंगलादेश गोलरहित बराबरी भएको हो ।

दोस्रो खेलमा नेपालले बरारबरी खेलेपनि मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल सिरिज को ट्रफी भने बंगलादेशले जितेको छ ।

सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको थियो । उक्त हार नै यो उपाधि गुमाउन नेपालका लागि ठूलो भयो ।

दोस्रो खेलमा ३–० गोल अन्तरले पराजित गर्न सकेको खण्डमा नेपाल उपाधि जित्ने पक्का थियो । तर, खेलाडीहरुले गोल गर्न नसक्दा पराइ भूमिमा हार बेहोर्न पुग्यो ।

अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए ।

खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका छन् ।

नेपालमाथि हावी भइरहेको बंगलादेशलाई रोक्ने नेपाली रक्षापङ्ती पहिलो हाफमा सफल भएको छ । सिरिजको ट्रफी जित्न नेपालले ३–० गोल अन्तरको जीत हात पार्नु पर्नेछ ।

नोबेल कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले फागुन अन्तिमदेखि नै खेलगतिविधिमा प्रतिवन्ध लगाएको थियो । त्यसयता पहिलो खेलका रुपमा बंगलादेशसँग खेलेको पहिलो खेल नै पहिलो हो ।

अब भने नेपाल सरकारले खेल गतिविधि सुचारुका लागि अनुमति दिइसकेको छ । त्यसैले छठ पछि फुटबलको पनि नियमित अभ्यास सुरु हुने अपेक्षा गरिएको छ ।

दोस्रो खेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुवाती ११ मा केही परिवर्तन गरेका थिए । जसमा रक्षापङ्तीमा पहिलो खेलमा सुरुवाती ११ मा परेका अजित भण्डारी र सुमन अर्यालको स्थानमा छिरिङ गुरुङ र रञ्जित धिमाल मैदान प्रवेश पाए ।

मिडफिल्डमा अनुभवी खेलाडी विक्रम लामाको स्थानमा पहिलो मैत्रिपूर्ण खेलमा डेब्यु पाएका एरिक बिष्ट सुरुवाती ११ मा परे ।

फरवार्डमा भरत खवास र दर्शन गुरुङले सम्हालेका थिए तर, खेलको १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान छिरे ।

आजको खेलमा नेपालका युवा खेलाडी शेसेहाङ आङ्दाम्बे र पुजन नगरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । उनीहरु दुवै खेलाडी सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गरेका थिए ।

दर्शक मैदान छिरेपछि ….

नेपाल र बंगलादेशबीचको खेल हेर्न रंगशाला पुगेका एक दर्शक मैदान छिरेपछि केही समय खेल अवरुद्ध भएको थियो । उनी मैदानमा बंगलादेशका कप्तान जमल बुयानको सेल्फीका लागि पुगेका थिए ।

जसमा उनले सेल्फी समेत लिए तर, अफिसियल र सुरक्षा गार्ड आएर पछि उनलाई मैदानबाट हटाएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : ४४ बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल