नेपालले दोस्रो खेल बराबरी खेले पनि सिरिज बंगलादेशलाई | Khabarhub Khabarhub

नेपालले दोस्रो खेल बराबरी खेले पनि सिरिज बंगलादेशलाई


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल र बंगलादेश गोलरहित बराबरी भएको हो ।

दोस्रो खेलमा नेपालले बरारबरी खेलेपनि मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल सिरिज को ट्रफी भने बंगलादेशले जितेको छ ।

सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको थियो । उक्त हार नै यो उपाधि गुमाउन नेपालका लागि ठूलो भयो ।

दोस्रो खेलमा ३–० गोल अन्तरले पराजित गर्न सकेको खण्डमा नेपाल उपाधि जित्ने पक्का थियो । तर, खेलाडीहरुले गोल गर्न नसक्दा पराइ भूमिमा हार बेहोर्न पुग्यो ।

अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए ।

खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका छन् ।

नेपालमाथि हावी भइरहेको बंगलादेशलाई रोक्ने नेपाली रक्षापङ्ती पहिलो हाफमा सफल भएको छ । सिरिजको ट्रफी जित्न नेपालले ३–० गोल अन्तरको जीत हात पार्नु पर्नेछ ।

नोबेल कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले फागुन अन्तिमदेखि नै खेलगतिविधिमा प्रतिवन्ध लगाएको थियो । त्यसयता पहिलो खेलका रुपमा बंगलादेशसँग खेलेको पहिलो खेल नै पहिलो हो ।

अब भने नेपाल सरकारले खेल गतिविधि सुचारुका लागि अनुमति दिइसकेको छ । त्यसैले छठ पछि फुटबलको पनि नियमित अभ्यास सुरु हुने अपेक्षा गरिएको छ ।

दोस्रो खेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुवाती ११ मा केही परिवर्तन गरेका थिए । जसमा रक्षापङ्तीमा पहिलो खेलमा सुरुवाती ११ मा परेका अजित भण्डारी र सुमन अर्यालको स्थानमा छिरिङ गुरुङ र रञ्जित धिमाल मैदान प्रवेश पाए ।

मिडफिल्डमा अनुभवी खेलाडी विक्रम लामाको स्थानमा पहिलो मैत्रिपूर्ण खेलमा डेब्यु पाएका एरिक बिष्ट सुरुवाती ११ मा परे ।

फरवार्डमा भरत खवास र दर्शन गुरुङले सम्हालेका थिए तर, खेलको १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान छिरे ।

आजको खेलमा नेपालका युवा खेलाडी शेसेहाङ आङ्दाम्बे र पुजन नगरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । उनीहरु दुवै खेलाडी सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गरेका थिए ।

दर्शक मैदान छिरेपछि ….

नेपाल र बंगलादेशबीचको खेल हेर्न रंगशाला पुगेका एक दर्शक मैदान छिरेपछि केही समय खेल अवरुद्ध भएको थियो । उनी मैदानमा बंगलादेशका कप्तान जमल बुयानको सेल्फीका लागि पुगेका थिए ।

जसमा उनले सेल्फी समेत लिए तर, अफिसियल र सुरक्षा गार्ड आएर पछि उनलाई मैदानबाट हटाएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : ४४ बजे

संविधान संशोधनभन्दा समीक्षा गर्न आवश्यक : नेता नेम्वाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र

श्रावणको पहिलो सोमबार म्याग्दीको गलेश्वरधाममा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको

ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो शेयर गरेपछि…

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक

टाढिन लागेको भन्दै काभ्रेमा प्रेमिकाको हत्या !

काभ्रे– काभ्रेमा अर्कै युवकसँग लागेर टाढिएको भन्दै एक युवकले प्रेमिकाको

श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य

काठमाडौं–  श्रम अदालतले एक वर्ष नाघेका सबै मुद्दाको छिनोफानो गरेको