खुलामञ्चको विकल्पमा प्रसूति गृहनजिकै नि:शुल्क भोजनको व्यवस्था « Khabarhub

खुलामञ्चको विकल्पमा प्रसूति गृहनजिकै नि:शुल्क भोजनको व्यवस्था


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौ –  काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार नै आजबाट उनीहरुलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाका अनुसार पहिला जसरी नै खुलामञ्चमा निशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई उनीहरुलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिक लगि खानाको व्यवस्था गरेको हो ।

‘काठमाडोँ महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीको व्यवस्थापनमा काठमाडौँ महानगरपालिका निरन्तर लागिरहेको छ,’ सापकोटाले भने, ‘ स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी बैकल्पिक स्थानमा भोजना गराउने नीति महानगरपालिकाले लिएको छ । हामी त्यसै अनुरुप यो पहल गरिरहेका छौँ ।’

सापकोटाले अहिले पनि खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचका निरन्तर छलफल भैरहेको भन्दै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउने पहल भैरहेको जानकारी दिए ।

‘हामी अहिले पनि निशुल्क भोजन गराउँदै आएका संस्थाहरुसँगकै पहलमा उपयुक्त ठाउँ खोजिरहेका छौँ,’ उनले भने, ‘केही दिन भित्रै हामी व्यवस्थापन गर्ने गरी लागेका छौँ ।’

उनले निशुल्क भोजनको गराउने स्थानमा सौचालय, पानीसहित स्वास्थ्य मापदण्डको समेत पालना गर्ने गरी थप पहल भैरहेको भन्दै अस्थायी रुपमा उक्त स्थानमा व्यवस्था गरेको पनि जानकारी दिए ।

‘यहाँसँगै अन्य विभिन्न ठाउँमा पनि हामीले स्थान पहिचान गरेका छौँ,’ उनले भने, ‘मेयरज्युले सार्वजनिक गाडी बढी मात्रामा ओहोर–दोहोर गर्ने ठाउँमा खाना खुवाउनुको सट्टा विकल्प खोजौँ भनेपछि हामी त्यहि अनुसार अघि बढेका हौँ । उहाँले पूर्व, उत्तर, दक्षिण पायक पर्ने पाँच–छ ठाउँमा व्यवस्था गर्नुहोस भन्नुभएको छ । त्यसो गर्दा खुलामञ्च जस्तो दुर्घटनाको डर पनि नहुने । धुलो, धुवा पनि नहुने भन्ने उहाँको भनाइ छ ।’

काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीलाई काठमाडौ महानगरपालिकाको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, वस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको भन्दै त्यस्ता नागरिकलाई नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल समेत गर्दै आएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १२ : ०७ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा