झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको विर्तामोडमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन् ।

आज बिहान साढे ११ बजेतिर विर्तामोड नगरपालिका-६ गिरी मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मे२प ४८४७ नम्बरको मोटरसाइकलका चालक २४ वर्षीय कुशल लिम्बू र पछाडी सवार बुद्धशान्ति गाउँपालिका-३का ११ वर्षीय बालक दिप्सन कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार ३९ वर्षीया सावित्रा कँडेल घाइते भएकी छन्। दुर्घटनामा अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय गगन तामाङ पनि घाइते भएका छन्।

घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका दुईवटा मोटर साइकल एक आपसमा जुधेर सडकमा लडेका बेला ट्रकले ती मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसअघि उक्त मोटरसाइकल र ३१-०२-०४२पिए ७९८२ नम्बरको अनटेष्ट मोटसाइकल ठोक्किएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  २ : ४७ बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको