कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

गत २४ घण्टामा मात्र १ हजार ४४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, झापामा १६, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २९, संखुवासभामा १ र सुनसरीमा २ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी  प्रदेश २ को धुनषामा १०, पर्सामा १, बारामा ४, महोत्तरीमा ६, सप्तरीमा ५, सर्लाहीमा ९ र सिरहामा ६ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ८ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १ सय ५, धादिङमा ७, नुवाकोटमा ७, भक्तपुरमा ४८, मकवानपुरमा १७, रामेछापमा ३, ललितपुरमा १ सय ६८, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३२, गोरखामा ५, तनहुँमा १३, नवलपरासी पूर्वमा २३, पर्वतमा २, म्याग्दीमा ३, लमजुङमा २, वागलुङमा ५ र स्याङजामा १५ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा १, दाङमा १४, नलवपरासीमा ५, पाल्पामा ६, प्यूठानमा ४, बर्दियामा २, बाँकेमा ८, रोल्पामा १ र रुपन्देहीमा १६ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमको भने कैलालीमा ८ र दार्चुलामा २ जनामा कोरोना भेटिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ५ : २५ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका