अध्यक्ष ओलीलाई अर्को प्रस्ताव ल्याउन दिनु एकतातर्फको बाटो अवश्य होइन : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

अध्यक्ष ओलीलाई अर्को प्रस्ताव ल्याउन दिनु एकतातर्फको बाटो अवश्य होइन : मुख्यमन्त्री पोखरेल


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा स्थायी समिति सदस्य शंकर पोखरेलले सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई अर्को प्रस्ताव ल्याउन समय दिनुलाई पार्टी एकताको बाटो मान्न नसकिने बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्षलाई अर्को प्रस्ताव ल्याउन समय दिएको भन्दै  समानन्तर दस्तावेजको बाटो एकतातर्फको बाटो नभएको जनाएका छन् ।

‘पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेज बाटो एकतातर्फको बाटो अवश्य होइन’, पोखरेलले भनेका छन्,‘१० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गम्भीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ ।’

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ३१ बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ