कोभिड-१९ का बावजुद दराज ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल « Khabarhub

कोभिड-१९ का बावजुद दराज ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड १९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ।

११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.२२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६० प्रतिशत बढी हो।

अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो र ७००० भन्दा बढी विक्रेताहरूले २८ विभिन्न शहरहरूमा व्यापार गर्न सफल भए। वालेट र कार्ड मार्फत गरिने अनलाईन पेमेन्टमा पनि गत वर्ष भन्दा उल्लेखनीय बढी वृद्धि देखियो जुन पुरै सेल को ४५ प्रतिशत थियो।

समग्रमा, यसपालिको ११ .११ मा गत वर्षको भन्दा तुलनात्मक रुपले बढी संख्यामा बिक्री भएको देखियो। अभियानको उल्लेखनीय हाइलाइटहरू मध्ये, पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टा भित्रै बिक्री भइसकेहको थियो।

बजारमा महामारीको कारण कम व्यापार भैरहेको बेला, ११.११ धेरै व्यवसायहरूको लागि सफलताको वरदान सावित भयो, विशेष गरी साना र मझौला आकारका उद्यमहरूको लागि एसएमई ११.११ मा भएको कुल व्यापार संख्यामा २० प्रतिशत जति एसएमईहरूद्वारा उत्पन्न भएको थियो।

यी एसएमईहरु दराजको सहयात्री कार्यक्रमद्वारा दराजमा दर्ता भएका थिए जुन कार्यक्रम विशेष गरि महामारीको बखत एसएमईहरुलाई सहयोग गर्न दराजले लिएर आएको थियो।

मुलुकको चूनौतीपूर्ण अवस्थाको बाबजुद पनि, नेपालमा सफलतापूर्वक ११.११ तेस्रो पटक आयोजना गर्न सकेको हामी खुसी छौं। फेरि पनि हामी उपभोक्ता र विक्रेता दुवैको लागि केहि सकारात्मक चिज ल्याउन सक्यौं। आर्थिक स्थितिलाई ध्यानमा राख्दै, ११.११ जस्ता सेल अभियानहरुले ठूलो रूपमा साना र मझौला आकारका व्यवसायहरूलाई आफ्नो उत्पादन बेच्न एक प्लेटफर्म पाउदछन जबकि ग्राहकहरूले उनीहरूको शपिंग आवश्यकताहरू सुरक्षित रूपमा पूरा गर्न सक्छन्।

कुल, यस वर्षको ११.११ मा गत दुई वर्ष भन्दा अझ बढी प्रयोगकर्ताहरू, बिक्रेताहरू, खरिददारहरू थिए। साथै सबैभन्दा पहिलो डेलिभरी ११ .११ कै दिन ८ बजे भएको थियो। ग्राहकहरूले उनीहरूको अर्डर समयमै पुराउनका लागि कम्पनीले ७००० थप डेलिभरीकर्मीहरू थपेको थियो।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ११ : ०४ बजे

अफगानिस्तानमा बाढीका कारण छ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानका विभिन्न भागहरूमा भएको भारी वर्षाका कारण आएको आकस्मिक

सामाजिक सञ्जाल सम्पर्क केन्द्र दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरूको सम्पर्क केन्द्र

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको

एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

एजेन्सी– लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश