प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको जित « Khabarhub

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको जित


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड विजयी भएको छ ।

बिहीबार राति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर युनाईटेडले सेफिल्ड युनाईटेडलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

उसको जितमा मार्कुस रासफार्डले दुई गोल गर्दै पाहुना टोलीको जितको आधार तयार गरे ।

पूर्वक्लबविरुद्ध उत्रिएका ड्यान हेन्डरसनले सेफिल्डलाई सुरुवातमै अग्रताको मौका दिए । प्राप्त बल क्लियर गर्न नसक्दा डेविड म्याकगोल्डरिकले घरेलु टोलीलाई खेलको पाँचौ मिनेटमै अग्रता दिलाएका थिए । लगत्तै सेफिल्डका जोन फ्लिकले सुन्दर अवसर गुमाए ।

२६औँ मिनेटमा मार्कुस रासफार्डको गोलमार्फत म्यान यु खेलमा फर्कियो । एन्थोनी मार्टियलले गोल गर्दै म्यान युलाई २–१ को अग्रता दिलाए । उनले गोलका लागि पाउल पोग्बाको पासलाई सदुपयोग गरे ।

मार्टियलकै पासमा रासफार्डले ब्यक्तिगत दोस्रो गोल गर्दै म्यान युलाई ३–१ ले अघि बढाए । खेल सकिन ३ मिनेट बाँकी छदाँ घरेलु टोलीका म्याकगोल्डरिकले ब्यक्तिगत दोस्रो गोल गर्दै हार अन्तर कम गरेका थिए ।

जित सहित म्यानचेष्टर युनाइटेड तालिकाको छैठौँ स्थानमा उक्लिएको छ । सेफिल्ड १ अंकसहित तालिकाको पुछारमै रह्यो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : २० बजे

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,