‘जोखिम कायमै छ, विद्यालय पुनःसञ्चालन नगर्नुस्’ | Khabarhub Khabarhub

‘जोखिम कायमै छ, विद्यालय पुनःसञ्चालन नगर्नुस्’


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारीको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।

केही दिनअघि विज्ञसँगको छलफलमा कामपाले कम्तीमा पनि यही पुस एक महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता दिन भनेको छ ।

काठमाडौँ उपत्यकामा भाइरसको सङ्क्रमण कुन अवस्थामा छ, यकिन छैन अहिले जाडो मौसम छ सामान्य अवस्थामा अहिले विद्यालय बन्द नै रहन्थे । यो मौसम भाइरस फैलिन उपयुक्त भएकाले पनि विद्यालय खोल्न हत्तारिनु हुँदैन छलफलमा विज्ञले सुझाव दिए।

पछिल्लो समय पाँच हजारको परीक्षण गर्दा कम्तीमा पनि एक हजारमा भाइरस पोजेटिभ देखिएको भन्दै कामपाले तत्काल भौतिक सहभागितामा विद्यालय पुनःसञ्चालन नगरी वैकल्पिक माध्यमलाई नै निरन्तरता दिन सुझाएको हो ।

महामारी नियन्त्रण आइनसकेको अवस्थामा विद्यालयको शैक्षिक गतिविधि अगाडि बढाउन गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णयले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ स्वीकृत गरी स्थानीय तहलाई जिम्मा दिएको थियो ।

यही निर्णयलाई आधार मान्दै सञ्चालनमा आएका केही विद्यालय पनि सङ्क्रमण देखिएपछि पुनः बन्द रहेको भन्दै कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले अहिले कोभिडको डर कम भए पनि सङ्क्रमणको खतरा कम नभएको बताए।

काठमाडौँ र ललितपुर र भक्तपुरका केही स्थानमा घनाबस्ती भएकाले जोखिम पनि बढी नै छ । यहाँ सङ्क्रमण हरेक दिन देखिएकै छ, विद्यालय सञ्चालन गरेपछि छात्राबास खोल्ने कुरा आउँछ । विद्यालयका सवारी चलाउने कुरा आउँछ ।

त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, विद्यालय खोल्न हतार गरेर भोलि थेग्न नसक्ने समस्या निम्त्याउनु हुँदैन ।
बरु वैकल्पिक शिक्षालाई नै मजबुद बनाउने ढकालले बताए। हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय रहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ४ : १० बजे

रविको हिरासत तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

भारतीय गायक सोनु निगम नेपाल आउँदै

काठमाडौं – भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार

रविको सांसद पद निलम्बन पत्रबारे खनाल भन्छन् : सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

काठमाडौं – नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा

रविको सांसद पद निलम्बन गर्न पठाएको पत्रमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि