उपभोक्ता ठग्ने पेट्रोल पम्पलाई कारवाही « Khabarhub

उपभोक्ता ठग्ने पेट्रोल पम्पलाई कारवाही


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आकाश जोगिनी इन्टरप्राइजेज (पेट्रोल पम्प) सामाखुशीलाई कारवाही गरेको छ । पम्पको सील तोडेर उपभोक्तालाई ठगी गरेको भन्दै कार्यालयले पम्पलाई कारवाही गरेको हो ।

कार्यलयका प्रमुख मनिषकुमार दासले पेट्रोल पम्पमा सील तोडेपछि घटी र बढी बेच्न मिल्ने बनाएर उपभोक्ता ठगी गरेकाले कारवाही गरिएको जानकारी दिनुभयो । कार्यालयले पेट्रोल पम्पको नोजल सिल गर्नुका साथै पेट्रोल तथा डिजेल विक्रिवितरणसमेत रोक लगाएको छ ।

पेट्रोल पम्पका सञ्चालक पुरुषोत्तम मानन्धरले पम्पबाट पेट्रोलियम पदार्थ चुहावट भएपछि नापतौलको टोली बोलाएर परीक्षण गर्दा सील तोडिएको पाइएको जानकारी दिए ।

नापतौल ऐन, २०२५ को दफा ३० (३) मा सील तोडेर उपभोक्ता ठगी गर्नेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवना गर्ने व्यवस्था रहेको छ । उक्त कार्यालयले चालू आर्थिक वर्षमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेको भन्दै दुई हजार ७०८ व्यवसायीलाई कारबाही समेत गरिसकेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार