‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ तालिममा शाही सर्वोत्कृष्ट « Khabarhub

‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ तालिममा शाही सर्वोत्कृष्ट


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँचौ समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को तालिममा सहभागीहरुलाई सम्मान गरेका छन् ।

सशस्त्र प्रहरी बलको हल्चोक स्वयम्भुमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो कोर्षमा सर्वोत्कृष्ट हुनुकासाथै रिसर्चतर्फ समेत उत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश बिक्रम शाहीलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ तथा ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गरेका हुन् ।

सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश विक्रम शाहीलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गरिन ।

सशस्त्र प्रहरी महानिरीक्षक खनाल र त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण समेत गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा उक्त कोर्ष सफलता पूर्वक सम्पन्न गरेका मध्यम तहका एपीएफ अधिकृतहरुले भोलिका दिनमा सांगठानिक जिम्मेवारी निर्वाहका क्षेत्रहरुमा पूर्ण व्यावसायिक भई कुशल क्षमता प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

उनले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलतापूर्वक संचालन गर्न गृहमन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरे । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. शाक्यले शिक्षा आर्जन गर्न सधैंव सकृय रहनुपर्ने बताइन् ।

दक्ष अधिकृत उत्पादनमा एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष कोशे ढुंगा सावित रहने उनको विश्वास थियो । उनले दिक्षित अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको कामना गरिन ।

गत साल भदौ १५ गतेबाट संचालित १६ महिना अवधिको सो कोर्षमा ४ जना सशस्त्र प्रहरी उपरीक्षक, १४ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १ जना प्रमुख अनुसन्धान अधिकृत गरी कुल १९ जना अधिकृतहरु सहभागी रहेका थिए ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय सनतकुमार बस्नेत र दुर्जकुमार राई लगायत गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : १० बजे

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र