मुक्त हलियालाई बनाइएको आवास गृह हस्तानान्तरण « Khabarhub

मुक्त हलियालाई बनाइएको आवास गृह हस्तानान्तरण


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सरकारले कञ्चनपुर भीमदत्त नगरपालिकाको वडा नम्बर १९ बागफाँटामा एकीकृत हलिया बस्ती निर्माण गरी हस्तान्तरण गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शनिबार एक कार्यक्रमकाबीच बस्ती हस्तान्तरण गरेकी हुन् ।

हलिया बस्तीका ज्येष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरमा ताला खोलेर मन्त्री अर्यालले गृह प्रवेश गराएकी थिइन ।

बाजागाजासहित उल्लासमय वातावरणका साथ आयोजित कार्यक्रममा बस्ती हस्तान्तरण गरिएको थियो। सरकारले एकीकृत बस्ती निर्माण गरी औपचारिक रूपमा पहिलोपटक हस्तान्तरण गरेको हो।

बस्ती हस्तान्तरण गर्दै मन्त्री अर्यालले कसैलाई पनि भूमिहीन र सुकुमबासी हुन नदिने अभियानमा सरकार अगाडि बढेको बताइन । उनले देशभरका भूमिहीन र सुकुमबासीको समस्या यही सरकारले समाधान गर्ने पनि दाबी गरिन् ।

राज्यले दिने जग्गामा महिला र पुरुष दुवैको संयुक्त स्वामित्व स्थापित हुने गरी दिने भन्दै उनले सुकुमबासी, हलिया सबैलाई संयुक्त लालपुर्जा दिइने बताइन ।

सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरे पनि लामो समयसम्म पुनःस्थापना भने हुन सकेको थिएन। साविक सुदूरपश्चिम क्षेत्रका नौ र मध्यपश्चिमका तीन गरी १२ जिल्लाका १८ हजार ९५३ हलिया परिवार रहेका थिए।

सरकारले गत वर्ष कञ्चनपुरमा मात्र एक हजार ७८५ हलिाया परिवारको पुनःस्थापना गरेको थियो। पुनःस्थापना हुन बाँकी हलियालाई पुनःस्थापनाका लागि स्थानीय तहमा बजेट पठाइको थियो। सरकारले बागफाँटा बस्तीमा मुक्त हलिया पुनःस्थापनाका लागि ३२ वटा घरको बस्ती निर्माण गरिएको छ।

तीन कोठाको घरमा एउटा भान्सा र दुईवटा कोठा निर्माण गरिएको छ। प्रत्येक घरमा एउटा शौचालय बनाइएको छ। २० फुटको बाटो वरिपरि नालासहित बस्ती निर्माण गरिएको छ। बाटोको दुवैतर्फ घर निर्माण गरिएको छ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ७ : ४२ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर