प्रदेश सभाको पाँचौँ अधिवेशन आजदेखि « Khabarhub

प्रदेश सभाको पाँचौँ अधिवेशन आजदेखि


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- प्रदेश नं. ५ प्रदेश सभाको पाँचौँ अधिवेशन आइतबारदेखि बुटवलमा शुरु हुँदैछ । यो अधिवेशनले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने भएपछि प्रदेशको अस्थायी राजधानी बुटवलका नागरिकले यो अधिवेशनलाई महत्वका साथ हेरेका छन् ।

प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी राजधानी बनाउने कि त्यसको विकल्प खोज्ने भन्ने विषय अहिले यहाँ सर्वाधिक चासो र महत्वको भएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलले समेत विभिन्न मञ्चमा प्रदेश सभाको पाँचौँ अधिवेशनबाटै प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने यसअघि बताएका छन् ।

प्रदेशको राजधानी र नाम टुङ्गो लगाउन यो अधिवेशन निर्णायक हुने आशा गरिएको छ । प्रदेशको राजधानी र नाम सिफारिस गर्न गठन भएको विशेष समितिले समेत आफ्नो प्रतिवेदन प्रदेश सभामा बुझाइसकेकाले आइतबारदेखि बस्ने प्रदेश सभाको बैठकमा उक्त प्रतिवेदन प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुनमगरले आफूहरूले प्रदेश सभालाई प्रतिवेदन बुझाएको र आइतबारदेखि हुने अधिवेशनमा त्यस विषयमा प्रदेश सभामा छलफल हुने बताए ।

प्रदेश–५ का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको पाँचौँ हिउँदे अधिवेशन माघ ५ गतेका लागि आह्वान गरेका हुन् । मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सभाको आइतबारको बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश–५ को प्रदेश सभामा नेकपाका ६१, नेपाली काँग्रेसका १९, सङ्घीय समाजवादी फोरम ५ र राजपा तथा राष्ट्रिय जनमोर्चा नेपालका एक/एक सांसद गरी कुल ८७ सांसद छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ११ : ४९ बजे

पर्सामा एक सय किलो गाँजा बरामद

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको