नक्कली नेपाली नोटसहित काठमाडौंबाट २ जना पक्राउ « Khabarhub

नक्कली नेपाली नोटसहित काठमाडौंबाट २ जना पक्राउ


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली नेपाली नोटसहित प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ ।

नेपाली रुपैयाँ १००० दरका ३१ थान नक्कली नोटसहित २ जनालाई काठमाडौंको कलंकीबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बाराको निजगढ घर भएका २७ वर्षीय अनुस थापामगर र सोही ठाउँका २२ वर्षीय रवि आलेमगर छन् ।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  २ : १० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ