हिमालयन बैंकका ग्राहकहरुलाई ७५ भन्दा बढी स्थानमा विशेष छुट | Khabarhub Khabarhub

हिमालयन बैंकका ग्राहकहरुलाई ७५ भन्दा बढी स्थानमा विशेष छुट


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिमालयन बैंक लिमिटेडले आफ्नो २७ औं बार्षिकोत्सवको अवसरमा ग्राहकहरु सेवा अभिबृद्धि गर्ने उदेश्यल ७५ भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था गरेको छ ।

हिमालयन बैकका सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था गरेको हिमालयन बैंकले जनाकारि दिएको छ ।

बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा भारी छुट पाउने छन् ।

बैंकले ती स्थानहरुसंगको सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम ३५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।

यस बैंकका ग्राहकले आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउने छन् ।

ग्राहक बर्गहरुले छुट पाउने स्थान, प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेभसाइट www.himalayanbank.comगई हेर्न सक्नेछन् ।

हाल यो योजना ७५ भन्दा बढि स्थानबाट लागु भएकोमा निकट भविष्यमा बैंकले यस योजना देशभरि कम्तिमा २०० वटा थप स्थानहरुमा विस्तार गरि आफ्ना ग्राहकहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ४ : २६ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।