कानून निर्माण गरेर सुकम्बासीको व्यवस्थापन गरिँदै : मन्त्री अर्याल « Khabarhub

कानून निर्माण गरेर सुकम्बासीको व्यवस्थापन गरिँदै : मन्त्री अर्याल


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पहिलो पटक कानून निर्माण गरेर सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजिएको बताएकी छिन् ।

प्रेस सङ्गठन नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुकुम्बासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन र सिङ्गो भूमिको व्यवस्थापनलाई समेटेर कानून निर्माणको काम पूरा भएको जानकारी दिएकी हुन् ।

“भूमि ऐनको आठौँ संशोधनमार्फत जमीनको स्वामित्व नभएका व्यक्तिलाई राज्यका तर्फबाट निश्चित क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ”, मन्त्री अर्यालले भनिन्, “अव्यवस्थित बसोबासीको हकमा लामो समयदेखि जोतभोग गरिरहेको व्यक्तिलाई निजको आर्थिक हैसियत हेरी थोरै वा बढी राजश्व लिएर बसोबासको व्यवस्था गर्न लागिएको छ ।”

पत्रकारको प्रश्नमा उनले वित्तीय हस्तान्तरण लगायतका काममा भएको ढिलाइले सुदूरपश्चिम प्रदेशका मुक्त हलियाको पुनःस्थापनाको कार्य समयमै हुन नसकेको बताउँदै चालू वर्षमा वित्तीय हस्तान्तरणको काम छिट्टै गरेर मुक्त हलियाको पुनःस्थापनको पहल गरिएको बताइन् ।

यसैबीच मन्त्रालयको आयोजनामा आज धनगढीमा भूउपयोग ऐन तथा प्रस्तावित भूमिसम्बन्धी ऐन कार्यान्वयन र सहकारी व्यवस्थापनका विषयमा प्रदेश र स्थानीय तहका पदाधिकारीसँग सुझाव सङ्कलन गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : ५४ बजे

पर्सामा एक सय किलो गाँजा बरामद

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको