‘साङ्लो’ ले निकितालाई राहत दियो ? « Khabarhub

‘साङ्लो’ ले निकितालाई राहत दियो ?


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमिस नेपाल निकिता चण्डक अभिनेता विराज भट्टसँग फिल्म ‘साङ्लो’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरिन् । पहिलो फिल्मबाट निकिताले धेरथोर चर्चा बटुलिन् । निकिता यो फिल्मबाट आशावादी पनि थिइन् ।

फिल्म रिलिज भयो । विराजको एक्सनको चर्चा भयो । निकिताले यो फिल्मलाई आफ्नो बलियो डेब्यु बताएकी थिइन् ।

पहिलो फिल्ममा एक्सन स्टारको साथ पाएकी निकिता यतिबेला आफूलाई थप परिचय दिने फिल्मको पर्खाइमा छिन् । विदेशी फिल्म पनि उत्तिकै हेर्न रुचाउने निकिता फुर्सदको समयमा सामाजिक सञ्जालमा पनि भुल्छिन् ।

यतिबेला भने निकिता एक नौलो लभस्टोरी फिल्ममा काम गर्न चाहेको बताउँछिन् ।

फिल्म ‘साङ्लो’ बाट आशावादी देखिएकी निकिताले यो फिल्मबाट आशा गरिएअनुसारको जस भने पाइनन् । भलै कतिपय दर्शकले उनको कामको तारिफ गरे ।

निकिता यो फिल्मको छायांकनमा खुबै रमाइलो भएको प्रतिक्रिया दिन्छिन् । मधेशी समुदायको लबजमा बोल्ने निकिताले फिल्ममा भने स्पष्ट संवाद बोलेकी छिन् ।

‘फिल्मको लागि मैले मेहनत गरेकी थिएँ, दर्शकले रुचाइदिनुभएको देख्दा खुशी छु,’ निकिता भन्छिन् ।

निकिताको करिअरलाई यो फिल्मले एक तहसम्म चिनाएको छ । भोलिका दिनमा निकिताले कस्तो फिल्ममा काम पाउनेछिन्, त्यसले पनि उनको करिअर कस्तो हुनेछ भन्ने थाहा हुनेछ । अहिले भने यत्ति भन्न सकिन्छ, ‘साङ्लो’ ले निकिताको करिअरका लागि केही न केही भूमिका पक्कै खेलेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ३ : ३० बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि