‘साङ्लो’ ले निकितालाई राहत दियो ? « Khabarhub

‘साङ्लो’ ले निकितालाई राहत दियो ?


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमिस नेपाल निकिता चण्डक अभिनेता विराज भट्टसँग फिल्म ‘साङ्लो’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरिन् । पहिलो फिल्मबाट निकिताले धेरथोर चर्चा बटुलिन् । निकिता यो फिल्मबाट आशावादी पनि थिइन् ।

फिल्म रिलिज भयो । विराजको एक्सनको चर्चा भयो । निकिताले यो फिल्मलाई आफ्नो बलियो डेब्यु बताएकी थिइन् ।

पहिलो फिल्ममा एक्सन स्टारको साथ पाएकी निकिता यतिबेला आफूलाई थप परिचय दिने फिल्मको पर्खाइमा छिन् । विदेशी फिल्म पनि उत्तिकै हेर्न रुचाउने निकिता फुर्सदको समयमा सामाजिक सञ्जालमा पनि भुल्छिन् ।

यतिबेला भने निकिता एक नौलो लभस्टोरी फिल्ममा काम गर्न चाहेको बताउँछिन् ।

फिल्म ‘साङ्लो’ बाट आशावादी देखिएकी निकिताले यो फिल्मबाट आशा गरिएअनुसारको जस भने पाइनन् । भलै कतिपय दर्शकले उनको कामको तारिफ गरे ।

निकिता यो फिल्मको छायांकनमा खुबै रमाइलो भएको प्रतिक्रिया दिन्छिन् । मधेशी समुदायको लबजमा बोल्ने निकिताले फिल्ममा भने स्पष्ट संवाद बोलेकी छिन् ।

‘फिल्मको लागि मैले मेहनत गरेकी थिएँ, दर्शकले रुचाइदिनुभएको देख्दा खुशी छु,’ निकिता भन्छिन् ।

निकिताको करिअरलाई यो फिल्मले एक तहसम्म चिनाएको छ । भोलिका दिनमा निकिताले कस्तो फिल्ममा काम पाउनेछिन्, त्यसले पनि उनको करिअर कस्तो हुनेछ भन्ने थाहा हुनेछ । अहिले भने यत्ति भन्न सकिन्छ, ‘साङ्लो’ ले निकिताको करिअरका लागि केही न केही भूमिका पक्कै खेलेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ३ : ३० बजे

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न