कैलाली र कञ्चनपुर कारागारका १९ कैदी जेलमुक्त  « Khabarhub

कैलाली र कञ्चनपुर कारागारका १९ कैदी जेलमुक्त 


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रजातन्त्रको अवसर पारेर कैलाली कारगारबाट ४ जना र कञ्चनपुर कारागारबाट १५ जना गरी १९ जना कैदी जेलमुक्त भएका छन्।

असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई आज रिहा गरिएको प्रहरीले जनाएको छ।

कैलाली कारगारका जेलर विरेन्द्र बोहराका अनुसार कैदमुक्त हुनेमा तीन जना कर्तव्य ज्यान मुद्दा र एकजना ठगी मुद्दाका हुन् ।

कञ्चनपुरको परासन घर भई कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बलराम भन्ने मातृका जोशी, कैलालीको लम्कीचुहा नगरपालिकाका छत्रबहादुर भण्डारी र रोल्पाकी जुनसरा पुनमगर र ठगी मुद्दामा ६ महिना जेल सजाय तोकिएका कैलालीको बौनियाका पूर्णबहादुर विष्ट रहेका छन्। उनीहरुलाई ६ महिनादेखि १२ वर्ष सम्म कैद सजाय तोकिएको थियो।

त्यसैगरी कारागार शाखा कञ्चनपुरबाट बुधवार कैदमुक्त हुनेहरुमा अधिकांस कर्तव्य ज्यान मुद्दाका रहेको कारागार शाखाका प्रमुख श्यामराज भट्टले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा कारागारमा सजाय भोगिरहेका पदम सिंह महरा, मान बहादुर लुहार, फुलपाती चौधरी ,नर बहादुर वोहरा, पार्वती वोहरा, त्यस्तै ज्यानमार्ने उद्योगमा पदम राज वोहरा ,सुवास चौधरी, महेन्द्र वोहरा, विष्णु नाथ र रोहीत सार्कि रहेका छन् । यसैगरी, वन सम्वन्धि मुद्दामा सजाय काट्दै आएका चुनु चौधरी, राजु चौधरी र देव सिंह राना रिहा भएका छन् ।

त्यस्तै किर्ते मुद्दामा सजाय काटिरहेका पुतुलाल राना र निर्मल खडायत रिहा भएका छन् । कैदमुक्त भएका सबै कैदीवन्दिलाई प्रहरीले परिवारको जिम्मा लगाएर घर पठाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : १५ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज